सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो ।
२०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो ।
यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए ।
चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए ।
त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो ।
चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले ।
रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए ।
गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा