सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ चैत । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि सुरु हुँदैछ । आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन् ।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आइपीएल भने खेल्दै आएका छन् ।
धोनीको ठाउँमा चेन्नाईले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । धोनीको नेतृत्वमा रहेको चेन्नईले गत सिजनको फाइनल खेलमा गुजरात जाइन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।\
धोनीले कप्तानी छाडेको यो पहिलो पटक भने होइन । टिमले यसअघि २०२२ को सिजनमा पनि कप्तान परिवर्तन गरेको थियो ।
त्यतिबेला अलराउन्डर रवीन्द्र जडेजा कप्तान भएका थिए । तर, चेन्नईको लगातार खराब प्रदर्शनपछि जडेजाले राजीनामा दिएपछि पुनः धोनी नै कप्तान भएका थिए ।
चेन्नईका नयाँ कप्तान गायकवाड सन् २०१९ मा टोलीमा सामेल भएका थिए । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् ।
यस प्रतियोगितामा उनको नाममा एक शतक र १४ अर्धशतक छ । गत सिजन गायकवाडले १६ खेलमा ५९० रन बनाएका थिए । चेन्नईलाई उपाधि जिताउन युवा खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्रसिंह धोनी आफ्नो आईपीएल करिअरको अन्तिम सिजन खेल्न सक्नेछन् । कप्तानमा अचानक परिवर्तन गरेपछि उनले यो सिजनपछि आइपीएलबाट सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
४२ वर्षीय खेलाडीले चेन्नईका लागि २१२ खेलमा कप्तानी गरेका छन् । उनीबाहेक सुरेश रैनाले पाँच खेलमा र रवीन्द्र जडेजाले आठ खेलमा टोलीको नेतृत्व गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा