सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ चैत । शेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज बुधबार ३ दशमलव ३४ अङ्कले घटेर २ हजार ६३ दशमलव ९५ विन्दुमा झरेको छ ।
यसदिन ३०५ वटा कम्पनिको ९४ लाख ४५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन बोटलर्स नेपाल कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा