सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ चैत । मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना गर्न सीडीओ कार्यालयहरुलाई गृहको निर्देशन
काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी, निवेदन र गुनासो संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
गृहले एक बिज्ञप्ति जारी गर्दै त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न र कर्मचारीको विवरण कार्यालयको वेवसाइटमा सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले मिटरब्याज सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा