सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ चैत । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको र १ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को रात्रि बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बागलुङ सदरमुकामबाट करिब साढे ४ चार घण्टाको दुरीमा पर्छ । सदरमुकामबाट टाढा भएकाले घाइतेलाई स्थानीय स्वास्थ्य चौकीहरुमा पठाएर अवस्थाअनुसार सम्भव धौलागिरी अञ्चल अस्पताल ल्याउने तयारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा