सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , ५ चैत। सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई अनुमति दिएको हो ।
सुन तस्करी प्रकरण छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई पक्राउ परेका हुन् ।
भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग महराको निकट सम्बन्ध देखिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा