सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ चैत । साताको पहिलो दिन हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमा ३ दशमलव २७ अङ्कले बढेर २ हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ ।
यसदिन ३०३ वटा कम्पनिको ७४ लाख ५९ हजार कित्ता शेयर २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ, लगानी, उत्पादन र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको २३ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, धौलागिरि लघुवित्त, पिपुल्स पावर लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर ५ प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा