सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ फागुन । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा दिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको फरक गठबन्धन बनेपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो ।
सामुहिक पत्रकार सम्मेलन गर्दे उनीहरुले आज मंगलबार राजिनामा दिए ।
कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर विसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल मासाजिक विकास मन्त्री थिए। कांग्रेस गत बैशाख सात गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा