सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ पौष । लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर २ हजार ५८ विन्दुमा पुगेको छ ।
यसदिन ३०६ वटा कम्पनिको १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन ७ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा