सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर जेठ १०, भक्तपुर चाँगुनारायण नगरपालिकाको मतगणना आजबाट पुनः सुरू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा दलबीच सहमति भएपछि आज ५ बजेबाट पुनःमतगणना सुरु हुने भएको हो। बैठकपछि प्रतिक्रिया दिँदै प्रजिअ पोखरेलले भने–“मतगणना रोकिएको ६ दिन भइसक्यो, पटक÷पटकको छलफलबाट पनि निकास निस्किएन तर आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दलबीच सहमति कायम भयो, त्यसैले आज ५ बजेदेखि पुनःमतगणना गर्ने भएका छौ ।”
सर्वदलीय बैठकमा दलबीच मतगणना भइसकेको चाँगुनारायण नगरपालिका – ३ र ४ मा पुनः मतगणना गर्ने र निरन्तर रुपमा मतगणना कार्य अगाडि बढाउने सहमति भएको हो । यसअघि मतगणनामा बसेका कर्मचारी कोही पनि नराख्ने र नयाँ कर्मचारी राखेर मत गणना गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए।
गत शुक्रबार वडा नं– ३ र ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको र एमालेको उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमाले बाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
त्यसपछि अन्य दलले ३ र ४ वडाको मत गणना पुनः गर्नुपर्ने माग राखेको र एमालेले भने पुनः मतगणना गर्ने भए एकदेखि नै गर्नुपर्ने अडान राख्दै आएको थियो ।
मतगणना रोकिएपछि नेपाली काँग्रेसले आज विज्ञप्ति जारी गर्दै मतगणना सुरु गर्न माग गरेको थियो भने दलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहदा मतगणना छिटो गर्न माग गर्दै नाराबाजी गरेका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा