सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ भाद्र । नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयक २०८० प्रति असन्तुष्ट जनाउँदै विद्यालय बन्द गर्नै घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बिच भएको सहमति सरकारले संसदमा शिक्षा विधेयक पेश गरेको आरोप लगाएकी छन् । उक्त विधेयकले स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुल भूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको उनले आरोप लगाएकी छन् ।
‘अर्कातिर संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अङ्कुश लगाउन खोजेको छ,साथै यसले आम नेपाली शिक्षक कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ, यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासङ्घ कडा आन्दोलनमा जान बाध्य भएको छ, यसै कारण २०८० असोज ३ गतेबाट देश भरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक कर्मचारीहरूलाई आह्वान गरिएको छ,’उनले भनेकी छिन्।
उनीहरूले विभिन्न १७ वटा मागहरू राखेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा