सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ भाद्र। बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा जिल्ला अदालत काठमाडौँले एक जना प्रतिवादीबाहेक अन्य सबैलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेकामध्ये भाटभटेनी सुपर मार्कैटका सञ्चालक मिनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । अदालतले तुलाधरलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।
ललिता निवासको जग्गा घोटाला प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसँग अदालतले सबैभन्दा बढि २ करोड ४६ लाख धरौटी माग गरेको छ। अभियुक्त केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।
जिल्ला अदालत काठमाडौंले आरोपित शिवजी भट्टसंग ३ लाख ३० हजार,रुद्र कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसंग७ लाख ५० हजार,कलाधर देउजासंग १५ लाख र घमन कुमार कार्कीसंग ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै, गोपाल कार्कीसंग७ लाख ५० हजार, विनोद पौडेलसंग १५ लाख, योगराज पौडेलसंग ७ लाख ५० हजार,नारायणराज मिश्रसंग७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसंग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसंग३ लाख ३० हजार धरौटी माग गरिएको छ ।
अदालतले बाबुराजा महर्जनसंग १ लख १० हजार, देवनारायण महर्जनसंग १ लाख १० हजार, सकलानन्द महर्जनसंग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसंग १ लाख १० हजार र लोकहरि घिमिरेसंग ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा कीर्ते गरेको भन्दै मुद्दा दायर गरेको थियो।
नेपाल सरकारले साविक मुलुकी ऐन २०२० कीर्ते कागजतको १ र २ नम्बरले परिभाषित कसूर प्रतिवादीहरुले गरेको भनि दाबी लिइएको पाइएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम प्रतिवादीहरूलाई थुनामा पठाउन नमिल्ने देखिएको आदेशमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा