सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० भाद्र । अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मंगलवार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो।
अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन्। गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन्। म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा