सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ चैत । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला परेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दमको उपचारको लागि चैत ४ गते भर्ना भएका ७० वर्षीय लालु नेपाली मृत फेला परेका हुन्।
तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका नेपाली प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अस्पतालमा खोज्दा नभेटिएपछि बिरामी कुरुवा बुहारी दुरपतीले प्रहरीलाई खबर गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा