सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विजय थापा । पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरे पछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् ।
अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोलाले सोमबार ,नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्प्रद्धी मध्ये उनको प्रस्तुति आफ्नो टोली मध्ये नै सर्वोत्कृष्ट भएको छ । तर अब जनताको मतले अगाडी बढाउने या उनको यात्रा यही टुंगो लाग्ने भन्ने हामी सबैले दिएको मतदानले पनि फरक पार्नेछ ।
एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता वास्तोला शीर्ष १६ मा परेकी छिन भने भोली बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार राती सम्म शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला हुनेछ । उनले सुरु देखि नै नेपाली पोशाक मै आफ्नो प्रस्तुति गर्दै आएकी छिन भने आज पनि चौथो पटक पनि उनले नेपाली पोशाक मै प्रस्तुति दिएकी छिन ।
परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी छिन । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको छ ।
आज सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेन्डको टोलीले सुरुवात गरेको छ । लिजेन्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज र साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शनका गरे र प्रशंसा पाए ।
तर पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो स्ट्यान्डिङ ओभेशन(उभिएर जयजयकार) पाएकी थिइन्।
परिजिता बास्तोलाका प्रशिक्षक जोनले “त्यो भावनात्मक रूपमा सुन्दर प्रस्तुति र यसले सबैको हृदयमा तान्यो,” भनि प्रशंसा गरे। “तपाईले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो।” ,जोनले भने ।
परिजितालाई मत गर्ने तरीक़ाः
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड(अधोभारण) गरेर एउटा उपकरण (डिभाईस)बाट १० पटक सम्म भोट गर्न सकिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा