सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेवि) ले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
केही दिन अघि सार्वजनिक भिडियोमा बलात्कारको घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै बलात्कारको घटनामा हदम्यादसम्बन्धि अव्यवहारिक व्यवस्था संशोधनको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताए ।
ज्ञापनपत्र बुझ्दै कानुन मन्त्री गोविन्द बन्दीले तत्काल संशोधनको प्रक्रिया अघि बढाउने प्रतिवद्दता दिएको शेर्पाले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा