सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ बैशाख । गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गाडी दुर्घटनामा परेको हो ।
गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको बताए ।
उनले गाड़ी को एयर ब्याग र सिट बेल्ठले ज्यान जोगाएको तर आफना २ जना साथीहरु रगताम्मै हुनेगरी चोटपटक लागेको जानकारी दिए ।
शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उहाँको भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उहाँले बताउनुभएको छ ।
https://www.facebook.com/pramodkharel/posts/10224850575790564
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा