सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २३ ,झापा । ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ । नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो ।
उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष कैद र रू आठ लाख सात सय ३० जरिवाना तोकेको थियो । उप्रेतीलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रहरी वृत्त ठिमी भक्तपुरको सहयोगमा चैत १८ गते पक्राउ गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा