सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २३, काठमाण्डौ – यसपालीको बसन्त याममा सगरमाथा सहित अन्य हिमाल आरोहण गर्ने विदेशी आरोहीहरुको संख्या उत्साहजनक देखिएको पर्यटन विभागले जनाएको छ।
झन्डै तीन वर्ष अगाडि सगरमाथा क्षेत्रमा गएको हिमपहिरो र त्यसको अर्को वर्ष गएको विनाशकारी भूकम्पका कारण असुरक्षा महशुश गर्दै हिमाल आरोहण गर्नेहरुको संख्या घटेको थियो।
अनुमान
यो बसन्त ऋतुको लागि हालसम्म १८ वटा आरोहण दलका १६१ जनाले सगरमाथा आरोहण अनुमति पत्र लिइसकेका छन् भने यो संख्या वढेर ३०० नाघ्ने अनुमान पर्यटन विभागले गरेको छ।
सगरमाथा बाहेक अन्य १२ वटा अग्ला हिमालका लागि पनि अनुमति लिनेहरुको संख्या बढिरहेको विभागका अधिकारीहरुले बताएका छन्।
नेपाली हिमालहरु सुरक्षित छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय रुपमा पुर्याउने काम गरिएकाले त्यसको प्रभाव परेको पर्यटन विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले बताए।
उनले भने, “हामीले पछिल्लो चरणमा नेपाली हिमाल सुरक्षित छन् भनेर अन्तर्राष्ट्रिय प्रतिवेदन नै तयार गर्यौ। साथै गुगल मार्फत दैनिक एक घण्टा हिमालको मौसम जानकारी गराउने व्यवस्था गरिएको हुनाले आरोहीहरु आश्वस्त भएको अवस्था पाएका छौं।”
सन् २०१४ मा खुम्बु क्षेत्रमा गएको हिमपहिरोमा १६ आरोहीको ज्यान गएको थियो भने र सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण सगरमाथा आधार शिविर क्षेत्रमा करिब १८ आरोहीले ज्यान गुमाए। दुवै वर्ष सगरमाथा आरोहण प्रभावित भएको थियो।
हिमाल
लगातार केही वर्ष प्रभावित भएको हिमाल आरोहण यसपाली सुध्रिने सरकारको अपेक्षा छ
त्यसैको प्रभाव स्वरुप गत वर्ष हिमाल चढ्ने आरोहीहरुको संख्या घट्न पुगेको थियो।
त्यतिवेला आरोहणको अनुमति लिएर पनि जान नपाएकाहरु पनि थपिन सक्ने हुनाले यसपाली संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
किर्तिमान
साथै यसपाली पनि विभिन्न खालका कीर्तिमान राख्ने प्रस्ताव सहित निवेदन आइसकेको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका प्रमुख लक्ष्मण शर्माले भने, “एउटा भारतीय टोलीले अक्सिजन नलगाइकन सगरमाथा चढ्छु भनेर निवेदन आएको छ। एक जनाले एकै सिजनमा दुईपटक सगरमाथा चढ्छु भनेर राजश्व बुझाइसकेका छन् भने नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा वढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृती लिइसक्नु भएको छ।”
विश्वको उत्कृष्ट गन्तव्यमा पर्ने सगरमाथा आरोहण शुल्क नेपालको वैदेशिक मुद्रा आर्जनको स्रोत पनि मानिन्छ।
चीनले हिमालको सरसफाइ गर्न भन्दै उत्तरी मोहडाबाट सगरमाथा चढ्न रोक्ने तयारी गरिरहेकाले पनि नेपालको दक्षिणी मोहडाबाट सगरमाथा चढ्नेहरुको संख्या बढ्ने बताइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा