सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पूर्वआईजीपी आफ्ना हजुरबासँग पुजन बराल (दायाँ) काठमाडौं– स्थानीय निर्वाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी भर्ना लिइरहेको छ। म्यादी प्रहरीका लागि आवेदन दिने मध्येमा हजुरबुवा पूर्व आईजीपी, बुवाआमा डाक्टर रहेका एक युवा पनि छन्। म्यादीमा भर्ना भएका पुजन बराल मुटुरोग विशेषज्ञ डा. रञ्जित बराल र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति बरालका छोरा हुन्।
डा. बराल गंगालाल हृदय केन्द्र र बल्खुस्थित बयोधा अस्पतालमा र उनकी आमा डा. ज्योति बराल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्। पुजनले सेन्ट जेभियर्स कलेजबाट भर्खर मात्रै ‘प्लस टू’ सकेका हुन्। उनका बुवा डा. बरालका अनुसार उनी पढाइमा अब्बल छन्। उनले छोराले एसएलसी र प्लस टू विशिष्ट श्रेणीमा पास गरेको बताए।
उनले भने, ‘ऊ निकै एक्टिभ छ। केही महिना छुट्टी भएकाले त्यसलाई उपयोग गर्ने विचार गरेको होला।’ छोराको यो कदमबाट आफू खुशी भएको बताउँदै भने, ‘काम सानो–ठूलो नहुने र आफ्ना लागि आफैँ केही गर्ने कुराको उदाहरण उसले समाजलाई दिन खोजेको होला। हामी खुशी छौं।’ आफूलाई पनि समाज सेवामा रुची रहेकाले १५ वर्षदेखि हप्तामा दुई दिन ओपिडी सेवा निःशुल्क दिइरहेको उदाहरण प्रस्तुत गर्दै छोराको कदमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा व्यक्त गरे।
पुजन नेपाल प्रहरीका पूर्व आइजिपी हजुरबुवा खड्गजित बरालसँग सल्लाह गरेर म्यादी प्रहरीमा भर्ना हुन गएका हुन्। सांसद र राजदूतसमेत रहिसकेका हजुरबुवा र चिकित्सा पेशामा आमाबुवा भएका युवा म्यादी प्रहरीमा भर्ना हुनुले राष्ट्र सेवकलाई हौसला मिल्ने र युवालाई स्वरोजगारका लागि हौस्याउने अपेक्षा प्रहरीको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा