सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा चलिरहेको छ । यस फिल्म पश्चात सलमान र कट्रिना फेरी एकसाथ देखिन सक्ने सम्भावना छ । यी दुवै यशराज ब्यानरमा निर्माण हुने ‘धूम’ शृखलाको पछिल्लो सिरिजमा देखिन् सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समय अघि यशराज ब्यानरद्वारा निर्माण हुने फिल्म ‘धूम ४’ मा साइन गर्न चाहेको तर सलमानको जवाफ नआएको खबर बाहिरिएको थियो ।
उता, कट्रिना ‘धूम ३’ मा देखिइसकेकी छन् भने ‘धूम ४’ को एक हिस्सा बन्नेछिन् । फिल्ममा यी दुईका अलवा अभिषेक बच्चन र उदय चोपडाको समेत भूमिका हुने बताइएको छ । यस अगाडिका सिरिजमा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले मुख्य भूमिका निभाइसकेका छन् । यससँगै सलमान खानलाई यशराज ब्यानर भाग्यशाली बन्ने देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा