सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । उद्धारमा खटिएका प्रहरीका अनुसार घटनास्थलमा सल्यान रेशराज रानाको शव भेटिएको छ । उनी सवार मोटरसाइकल क्षतविक्षत रहेको छ । उनको लाइसेन्सबाट सनाखत भएको हो ।पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको थियो । जसमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको छ । बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा