सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,काठमाडौः नयाँ शक्ति नेपाल लगायत साना ६४ दलले सिंहदरबारअगाडि धर्ना दिइरहेका छन् । चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै उनीहरुले हनुमानस्थानवरिपरी धर्ना दिएका हुन् । धर्नामा नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले सम्बोधन गर्र्दै चुनाव चिन्ह नपाउँदासम्म आन्दोलन जारी राख्ने बताए । नयाँ शक्ति नेपालले ठूला तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रको सिन्डिकेटका कारण चुनाव चिन्ह प्राप्त गर्न नसकेको आरोप लगाउँदै आएको छ । आतइबार निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, विदेश विभाग प्रमुख हिसिला यमीलगायत दर्जनौं नेता, कार्यकर्ता पक्राउ परेका थिए । धर्नामा प्रहरीको बाक्लै उपस्थिति रहेको छ । निर्वाचन कार्यालयमा प्रहरीले विशेष सुरक्षा दिइरहेको छ ।
सिंहदरबारमा धर्नासँगै नयाँ शक्ति नेपालले सोमबार देशभैभर निर्वाचन कार्यालयमा धर्ना दिइरहेको छ । नयाँ शक्तिका केन्द्रीय सदस्य महेन्द्रजंग तामाङको नेत्रृत्वमा विराटनगर स्थित क्षेत्रीय निर्वाचन कार्यालयमा धर्ना दिएको छ । निर्वाचन आयोगले दलको मान्यता दिए पनि चुनाव चिन्ह नदिएको विरोधमा धर्ना दिइएको नयाँ शक्ति नेपाल मोरङका युवा संयोजक ईन्जिनियर मनोज पौडेलले बताए । उनका अनुसार तत्काल चुनाव चिन्ह प्रदान गरिनु पर्ने माग गर्दै बिराटनगरमा बिहान ९ बजेदेखि ११ बजे सम्म दुई घण्टा धर्ना दिइएको थियो । धर्नामा दुई सय बढी नयाँ शक्तिका नेता कार्यकर्ताको उपस्थिती रहेको पौडेलले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा