सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो ।
मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ ।
आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा