सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो तर गतवर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।
यद्यपि यस वर्ष कोरोना सङ्क्रमण घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रवक्ता ढकालले प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्न लागिएको बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा