सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा