सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ६३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार २८७ नयाँ संक्रमित थपिएका छन् भने १३१ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १८ हजार ३०४ परीक्षण गरिएकोमा कुल ८ हजार ४१८ नयाँ संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७७.४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८३ हजार ४९३ सक्रिय संक्रमित रहेका छन् । आज ३९८ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २६ लाख १५ हजार ७२० जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७५८ को आइसियूमा र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ६०० जना आइसोलेशनमा, यस्तै २०८ जना आइसियूमा र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा