सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १ सयको नमुना पिसिआर परीक्षण गरिएको हो। जसबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एक हजार ४० जनामा भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
काठमाडाैं उपत्यकामध्ये भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडाैंमा १३२ गरी १६३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङअन्तर्गत मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वरा गाैतमले बताए।
पछिल्लो २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा