सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा