सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको टिप्पणी गरेकी छिन्।
उनले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने धारणा राख्दै यस्तो बताएकी हुन्। भुसालले लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ।’
उनले महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद भन्दै विरोध जनाएकी छन्। उनले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैं निर्माण गर्ने धारणा राखेकी छन्। ‘वंशवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराज र युवराजकुमारी हुन्थे।’ भुसालले लेखेकी छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैँ निर्माण गर्ने हो। सबैलाई समानता र स्वाभिमान प्रदान गर्ने लोकतान्त्रिक गणतन्त्र ज़िन्दावाद। महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा