सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण बिरोध कार्यक्रममा सहभागी विद्यार्थी नेतालाई पक्राउ गरेर कुटपिट गरेको घटनाको निन्दा गरेको हो।
नेकपा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले एक प्रेस नोट जारी गर्दै दोषीलाई कारबाहीको काम गरेका हुन्। अनेरास्ववियुको आयोजनामा काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई पक्राउ गरी प्रहरी भ्यानमा राखेपछि कुटपिट भएको भट्टराईको दाबी छ ।
‘असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आज अनेरास्ववियुको आयोजनामा काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्ष समिति घोर निन्दा गर्दछ’ प्रेस नोटमा भनिएको छ।
आन्दोलनकारीहरूको कारवाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितीले नोटिसमा राख्ने जानकारीसमेत गराएका छन्।
प्रहरीको कुटाइबाट विद्यार्थी नेता प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा