सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताए।
मन्त्री श्रेष्ठले जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न भएको अहिलेको परिस्थितिलाई निर्वाचनले हल दिनसक्ने भएकाले ताजा जनादेशमा जान सबै राजनीतिक शक्तिहरु तयार हुनुपर्ने बताए । सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको उल्लेख गर्दै उनले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले निर्वाचनमा जुट्न दलहरुसँग आग्रह गरे ।
यसैबीच अनेरास्ववियुको भेलाले सुदन कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा