सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको सुरु गरेको छ । समयअनुरुप परिष्कृत सेवा, सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अनुरोध गर्न सकिने सेवा सुरु गरेको जनाएको छ ।
ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो । उक्त आइसर्भभित्र सेवाग्राहीले आफ्नो खातासम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपछि डेबिट कार्ड आवेदको प्रक्रिया अघि बढ्नेछ र ग्राहक महानुभावले इन्स्टान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड लिन आफूलाई पायक पर्ने शाखा छनोट गर्न मिल्ने विकल्प राखिएको बैंकले जनाएको छ ।
उक्त प्रक्रियाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफरेन्सकोड सहित जानकारी गराइने बताइएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपछि बैंकले एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था मिलाएको छ । उक्त रिफरेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिनाझन्झट कार्ड प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसले लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा