सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाइ’ को राइट्स बिक्री भएको छ । भारतीय मिडियाका अनुसार जी स्टुडियोले फिल्मको स्याटेलाइट, थिएटर रिलिज, डिजिटल र म्युजिक राइट्स खरिद गरेको हो । एक सय २० करोडभन्दा बढीको लागतमा निर्माण हुँदै गरेको फिल्मको सम्पूर्ण राइट्स २३० करोड भारुमा बिक्री भएको हो ।
प्रभुदेवाको निर्देशनमा बनेको राधेमा सलमानका अलवा दिशा पटानी, टाइगर श्राफ तथा रणवीर होड्डाको प्रमुख अभिनय रहनेछ । सलमान अभिनित ‘वान्टेड’ सिनेमाको सिक्वल बताइएको सिनेमा सन् २०१५ मा रिलिज भएको सुपरहिट कोरियन एक्सन–कमेडी ‘भेट्रान’को बलिउड रिमेक हो ।
राधे सन २०२१ को इदमा रिलिज हुने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा