• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  पत्रपत्रिका

    पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स भएको पाइयो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ फागुन ३०, सोमबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ६०५ पटक पढिएको
  • काठमाडौं, फागुन ३० । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको संक्रमण भएको पाइएको छ ।केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी/एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए ।

    अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी/एड्सको उच्च जोखिममा छ ।नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्‍यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्‍यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी/एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने ।

    नयाँ भाइरसको जोखिम:कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा. पुनले बताए ।

    हेर्पेस बी भाइरस : यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ ।

    सिमिनियम ४० भाइरस : बाँदरको पिसाबमा अत्यधिक पाइने भाइरस हो यो । ३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो । यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ ।

    सिमिनियम फोमिग भाइरस : यो भाइरस बाँदरले टोक्दा लाग्ने र्‍याल वा चिथोर्दा सर्ने गर्दछ । यो भाइरस क्यान्सर र एचआइभी/एड्ससँग सम्बन्धित रहेको र नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ । चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो ।

    सिमिन इमुनोदिफिसिन्सी भाइरस : यो पनि बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने गर्दछ । मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ ।

    रेबिज भाइरस : यो भाइरस पनि नेपाली बाँदरमा देखिएको छ । तर, हालसम्म मृत्यु भएको तथ्यांक छैन । त्यसैले रेबिजविरुद्धको खोप दिने गरिएको छैन । ‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ,’ डा. पुनले भने ।

    सहरका बाँदरबाट बढी समस्या:डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए । अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ । ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् । उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन् । यस्ता बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको भाइरस रहेको पाइयो । त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ,’ डा. पुनले भने ।

    शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी:बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए । ‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन । हामीले पनि बिरामी आउँदा रेबिजको मात्र सुई लगाउने गरेका छौँ । तर, यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ,’ उनले भने । तत्काल असर नगरे पनि दीर्घकालीन रूपमा यसले असर गर्ने उनको भनाइ छ । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑