सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत प्राप्त भइसकेको बताइएको छ ।
श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईँले तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी तयारी भएको जानकारी दिए ।
उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा