सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायीय समिति सदस्य मातृका प्रसाद यादवको गाउँ सबैलाका १३ सयभन्दा बढी नेता कार्यकर्ता नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न गाउँबाट सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। मातृका उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद हुन्।
जसपाले सबैलामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाबाट १३ सयभन्दा बढी र नेपाली कांग्रेसबाट ७ सयभन्दा बढीले जसपामा प्रवेश गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको स्वकीय सचिव किशोर गुरुले जानकारी दिए।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, संघीय सांसद उमाशंकर अरगडिया, प्रदेश सांसदहरु सुरिता साह, मनिष सुमन र रामसिश यादवल गायतको सहभागी थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा