सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मुलुकको अग्रणी औषधी उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोराना संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने औषधी फेभिर–२०० को उत्पादन सुरु गरेको छ । उक्त औषधीले कोभिड भाइरसको नकारात्मक असर घटाएको पाइएपछि परीक्षण स्वरुप प्रयोग गर्न अनुमति दिइएको छ । देउराली जनताले पनि परीक्षणको लागि उत्पादन अनुमति पाएको हो ।
विज्ञहरुका अनुसार यसले कोरोना संक्रमितमा भाइरसको विस्तार रोक्छ । जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत लगायत मुलुकमा यो औषधी कोरोना संक्रमितलाई आपतकालीन प्रयोग गर्न अनुमति छ ।
देउराली जनताका अध्यक्ष हरिभक्त शर्माले यसको उत्पादन तीन महिनाअघि नै गरे पनि सरकारले भर्खरै परीक्षणको लागि अनुमति दिएको बताए । शर्माका अनुसार औषधी व्यवस्था विभागबाट अनुमति लिएर यसको उत्पादन थालिएको हो । विदेशमा कोरोना संक्रमण फैलिन थालेलगत्तै तयारी थालेर अहिले उत्पादन गर्न सफल भएको शर्माले बताए । विदेशी विश्वविद्यालयमा अध्ययन गरेका दक्ष वैज्ञानिक र प्राविधिकको संलग्नतामा यसको उत्पादन थालेको कम्पनीले जनाएको छ । नेपालमा आवश्यक पर्ने मात्रामा उत्पादन गर्ने क्षमता रहेको पनि उनले बताए ।
शर्माले एक करोड ट्याब्लेटसम्म उत्पादन गर्न सक्ने दाबी गरे । ‘सरकारले अनुमति दिए निर्यात गर्न पनि सक्छौं,’ उनले भने । एकजना बिरामीको लागि १२ हजार बराबरको औषधी चाहिने उनले बताए । कोभिड १९ का बिरामीले १४ दिनसम्म यो औषधी लिनुपर्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा