सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गत आम निर्वाचनमा वर्दियाबाट पराजित सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार दायर गरेको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ ।
नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत गर्ने कदम असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा काम गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग गरिएको छ । अदालतले निवदेनमाथि प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा