सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।
बिहिबार सार्वजनिक कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए ।
उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजाले नाम नतोके पनि आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी हालेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा