सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परासी । विभिन्न जिल्लामा भएको ठुला अपराधका घटना होस् अरुले नसकेपछि प्रहरी पधान कार्यालयले एसपी केसि लाई नै अनुसन्धान अधिकृत बनाएर खटाउने गरेको प्रशस्तै उदाहरण छन् ।
अपराध, लागुऔषध नियन्त्रणमा माहिर मानिएका एसपी केसि यतिखेर पश्चिम् नवलपरासी प्रहरी प्रमुख भएर कार्यरत छन् । उनी जहाँ जान्छन् अपराध र लागुऔषध निर्मूल पार्ने उनको विशेषता हो । त्यसैले त एसपी केसि विभागदेखि जनतासम्म पपुलर हुन सफल भएका छन् ।
एसपी केसिले छोटो शब्दमा भने ‘प्रलोभनमा पर्ने र अपराधीलाई उन्मुक्ति दिने मेरो डायरीमा छैन । जो सुकै होस् अपराध गर्नेलाई म छोड्दिन ।’
त्यस्तै करिब दुई महिनाको अवधिमा १५लाख बराबरको अबैध माल वरामद सहित १३जना लागू औषध विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।
‘म काम गर्न आएको हुँ, मलाई कुनै लोभ लालचा छैन । गुण्डागर्दी, तस्करी, कालोबजारी गर्नेलाई म छोड्ने छैन । मेरो संगठन भित्र कसैले गलत गर्छ भने त्यसलाई पनि म कार्वाही गर्छु ।’ एसपी केसिले भने ‘कुनै अपराध गरिरहेको व्यक्तीले शिर ठाडो बनाएर हिंडेको म हेर्न सक्दिन । मलाई साथ दिनुस् सामाजिक अपराध, आर्थीक अपराध हरेक खाले अपराध नियन्त्रण गरेर देखाउँछु । तपाईका छोराछोरी कुलतमा फेसका छने भने कुलतबाट जोगाउन मद्दत गर्छु ।’
एसपी केसिले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको उल्लेख गर्दै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । उनले आगामी महिनाहरुमा गर्नु पर्ने कामको कार्यतालिका समेत बनाइसकेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा