सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान । कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स्वास्थ्यकर्मीहरुले संक्रमितहरुको उपचारमा निरन्तर गरेको सेवालाई सम्मान गर्नेपर्ने हुन्छ । तर यस्तोबेला पनि केही दिन अगाडि एउटा समाचारमा स्वास्थ्यकर्मी हरुलाई घरबेटीले आफू संक्रमित नभएको पुष्टि गर्नु पर्ने जस्तो कुराहरुले चर्चा पाएकोमा निकै दुख मान्दै गायक शिब लामीछाने शिबाजले “अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी बोलको गीतलाई नर्स – संग(nurse song ) को रुपमा युट्युब मार्फत रिलिज गरेका छन् ।
अहिलेको परिस्थिति संगसंगै आफ्नो एउटा पुरानो अस्पतालको घटनालाई पनि उनले यस गीत मार्फत सम्झने प्रयास गरेका छन् गायक शिवले । उनले निक्कै अगाडि आफ्नो एपेन्डिक्स् को सर्जरी भएको बेला डाक्टरहरु अनि विशेष गरी नर्सहरुले गर्नु भएको सेवा -भावनालाई आफुले अहिले पनि सम्झिरहेको तर पनि अहिले बेला बेला आउने यस्ता देश भक्त स्वास्थ्यकर्मीहरु बारे आउने नकारात्मक खबरले आफुलाई अलि दुखी बनाएको बताऊछन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार ,आफ्नो ज्यानको सुरक्षा केहि नहेरी अग्रपंक्तिमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हौसला दिनु पर्ने हो ठानेर संपूर्ण स्वास्थ्यकर्मी तथा नर्स हरुको लागिनै यो गीत समपर्ण गरेको गायक शिब लामिछाने बताउछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा