सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ। कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा लगानी बढाउँदा सुनको भाउ घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
आज चँदी तोलामा एकैपटक ८० रुपैयाँ घटेको छ। हिजो ७ सय ९० रुपैयाँ तोला रहेको चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा