सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल मिडियाको दिग्गज कम्पनि ट्विटरका सिईओ ज्याक डोर्सीले आफनो भोजनको विषयमा खुलासा गरेका छन् ।
उनले आफुले हप्तामा सात पटक यानी दिनको एक पटक बेलुका मात्र भोजन गर्ने गरेको बताएका छन् । बुधबार वायर्डसँग एक यूट्यूब अन्तरबार्तामा डोर्सीले आफ्नो जिवनशैलीको लामो सुची सार्वजनिक गर्दे उक्त गोप्य कुरा खोलेका हुन् ।
उनले आफु चिसो पानीले दैनिक नुहाउने, विपपासना ध्यान र इन्टरमिटेन्ट फास्टिङ पनि गर्ने गरेको जानकारी दिए । उनी प्राय डिनरमा माछा, चिकेन, स्टीक्स र हरियो सागसब्जि लिने गरेको बताएका छन् । मार्चको महिनामा दिएको अन्तरबार्तामा उनले डेजर्ट ब्यारीज र डार्क चकलेट लिने गरेका बताएका थिए । यति मात्र होइन उनले दैनिक २ घण्टा मेडिटेशन (ध्यान) गर्ने गरेको पनि बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा