सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको डल्लुमा सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्विलर्सले आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
यसैक्रममा, सुजुकी मोटर कर्पोरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रूपमा उक्त सोरुमको उद्घाटन गरेका थिए।
उक्त सर्भिस सेन्टर बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । उक्त सर्भिस सेन्टरले २३ हजार ३ सय ८१ दशमलव ५२ स्क्वायर फिटको क्षेत्रफल ओगडीएको छ।
यस सर्भिस सेन्टरमा प्रतिमहिना २ हजार कारको सर्भिस क्षमता छ भने, ११ वटा सर्भिस क्षेत्र रहेको छन् । कम्पनीले जसमा दुईवटा एक्सप्रेस तथा एउटा ह्विल अलाइनमेन्ट क्षेत्र रहेको जानकारी दिए ।
यस सेन्टरलाई सुजुकीको डाइग्नोस्टिक टुल्सद्वारा सुसज्जित गरिएको छ । यस सेन्टरमा ३ ह्विल एलिजमेन्ट सिस्टम, अटो ब्रेक विल्डर, सेन्ट्रलाइज लुब्रिकेन्ट सिस्टम, फ्युल इन्जेक्टर क्लिनर्स, एयर कन्डिसन, रिफिलिङ रहेका छन् । यसैगरी लिकेज डिटेक्टर ह्विल ब्यालेन्सरलगायत सुजुकीको गाइडलाइनअनुसार सम्पूर्ण स्पेसल टुल्स राखिएको कम्पनीले जानकारी दिए ।
बिक्रीपछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न सेवा युनिटको स्थापना गरिएको छ । जसले ग्राहकलाई सर्भिसिङको जानकारी प्रदान गरी पोस्ट सर्भिस क्वालिटी चेकसमेत गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सर्भिस सेन्टरमा अत्यधिक प्रविधिको प्रयोग गरेको जनाएको छ । कम्पनीले सीजी मोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमलाई उच्चस्तरीय ट्रेनिङ प्रदान गरेको छ ।
पिक एन्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको सुविधा समेत उपलब्ध गराएको सर्भिस सेन्टरमा कम्पनीले जनाएको छ। सुजुकीको नेपालमा ३७ स्थानमा सेल्स आउटलेट ३९ स्थानमा सर्भिस सेन्टर तथा ३ सय ५० भन्दा बढी सर्टिफाइड पाटर्स आउटलेट रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा