सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । शुक्रबार बिहान भक्तपुरमा भएको मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका वडा नं ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नंको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नंको स्कुटर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुर ९ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अर्का घाइते स्कुटर चालक प्रविण लोहलाको भने उपचार भइरहेको छ । उक्त दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा