सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २९ । इन्डोनेसियामा आइतबार स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मुलुक प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पले मलुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आएको छ ।
यसैगरी, सो भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी नदिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पका कारण भएको जनधनको क्षतिको विवरण भने, आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको छ । –एएफपी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा