सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हुम्ला, असार २५ । हुम्लाको खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् । उनले उद्घाटन समारोहमा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे ।
खार्पुनाथमा सञ्चालनमा ल्याएको शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन अध्यक्ष रावलले आग्रह गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा