सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, असार १० । खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कार्यकर्ता कुटिएका छन् । मन्त्री मगरलाई डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।
उनीहरुको आक्रमणबाट नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेमध्ये चन्दको सेती अस्पतालमा उपचार भइरहेको कांग्रेस कञ्चनपुरले जनाएको छ।
मन्त्री मगर बेलौरी र पुनर्वासको नगरसभा उद्धघाटन गर्न कञ्चनपुर आएकी थिईन् । धनगढीबाट गुण्डा बोलाएर आफुहरुमाथि आक्रमण गर्न लगाएको सभापति उपाध्यायको भनाई छ ।
मन्त्री मगरले जनताको काममा ध्यान नदिएको भन्दै कांग्रेसले केहि घण्टा चक्काजामको कार्यक्रम थियो । तर नेकपा नेताहरुले भने मन्त्री धनगढीमा बसेको खबर सुनेपछि कांग्रेसका कार्यकर्ताले बाटो अवरुद्ध गर्न खोजेको र नेकपाका कार्यकर्ताले बाटो खोल्दा सामान्य विवाद भएको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा