सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । गायक आर.बि. लामाको नयाँ गीत ‘सीम सीम लाबा’सहित म्युजिक भिडियो सार्वजनिक भएको छ । लामाले अहिलेसम्म आधा दर्जन गीत तयार पारेका थिए ।
यसैक्रममा, उनले अहिले तीन वटा गीत एकैसाथ सार्वजनिक गरेका छन् । तीमध्ये ‘सीम सीम लाबा’को चाँही भिडियो सहित सार्वजनिक गरेका हुन् ।
गाउँघरमा गुन्गुनाइने भाका र शैलीमा तयार पारेको गीतको भिडियोमा मिस तामाङ्ग २०१८ की फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका मोडेल याङछु तामाङ्गको अभिनय गरेका छन्। गीत मिना लामाको शब्द/संगीत तथा राजु खड्काको एरेन्जमा तयार गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा